३४१२ जना संक्रमण मुक्तः २४०७ थप, ४६ जनाको मृत्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४०७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १२ हजार ४०६ नमुनाको परीक्षण गर्दा दुई हजार ४०७ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा कोरोना कारण ४६ जनाको मृत्यु पुष्टि भएको छ ।नेपालमा आजसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।