पूर्व-प्रधानमन्त्री खनाललाई अचानक स्वास्थ्यमा समस्या, अस्पताल भन्छ अवस्था सा’मान्य

No Images Found

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।

उनलाई आज बिहान ७ः४५ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। खनालको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले स्रोतले जनाएको छ।

पूर्वप्रधानमन्त्री खनाललाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको हो।

उनलाई यसअघि कोभिड–१९ को संक्रमण भएको थियो। त्यतिबेला पनि उनको नर्भिक अस्पतालमा उपचार गरिएको थियो।

कोभिड–१९ मुक्त भएर घरमै आराम गरिरहेका खनाललाई पुनः स्वास्थ्य समस्या देखिएको हो।

हाल नेता झलनाथको अवस्था खतरामुक्त रहेको अस्पतालको जानकारि छ ।