सो’मबार सु’नको भाउमा भारि गि-रावट

No Images Found

काठमाडौं : अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य कमी आएको छ ।आइतबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार २ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ९ सय रहेको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ७ सय कायम गरिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ६५ कायम भएको महासंघले जनाएको छ ।