कास्की र इलाममा दुईजना मृ-त अवस्थामा फेला

No Images Found

पोखरा : कास्की, पोखरा महानगरपालिका–२७ भगवती हाइड्रोपावर नजिक एक व्यक्ति मृत पलेला परेका छन् ।

सोही महानगरपालिका–२६ चण्डी चोक बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–६ घर भएका ७५ वर्षीय देवीलाल छन्त्याल मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै, इलाम, रोङ गाउँपालिका–४ बिरिङ खोलास्थित बालुवा निकालेको खाल्टोमा झापा बुद्दशान्ती गाउँपालिका–१ बस्ने २७ वर्षीय रमेश दर्जी मृत अवस्थामा फेला परेका छन् । घरबाट उक्त खोलामा ढुंगा बटुल्न जान्छु भनी हिँडेका उनको उक्त खाल्टोमा शव फेला परेको हो ।