थप २७४५ जनामा संक्रमण, ४१८७ जना संक्रमण मुक्तः ४१ को मृत्यु

No Images Found

काठमाडौं : नेपालमा गत २४ घण्टामा थप २ हजार ७४५ जनामा को-रोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको हो।

देशभर पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५०६ जनाको मृत्यु भएको छ।