बा’ढीले ब’गाउँदा गोरखामा एक व्यक्ति बे-पत्ता

No Images Found

काठमाडौं : गोरखा मान्बुस्थित ठोट्नेरी खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आरूघाट गाउँपालिका वडा नम्बर २ कटुन्जे जान लागेका बर्दियाका करिब ३८ वर्षका गोविन्द चौधरी बेपत्ता भएका हुन् ।

चौधरी ट्रक मर्मतका लागि जाँदै गर्दा खहरे खोलमा आएको बाढीले बगाएको थियो। चौधरीको टोलीमा तीन जना थिए। अरू दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। आज बिहान करिब साढे ७ बजेतिर खोला तर्ने क्रममा चौधरीलाई बगाएको थियो। बेपत्ता भएका चौधरीलाई खोजि गर्न घटनास्थलमा प्रहरी पुगेको छ र स्थानीय बासिन्दाले पनि सहयोग गरिरहेका छन्।