बालिकालाई ब’लात्कार गरेको आरोपमा एक जना प-क्राउ

No Images Found

धनगढी : प्रहरीले बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट एक जनालाई पक्राउ गरेको छ । ११ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङले बालिकालाई ललाइफकाइ पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन् ।

पक्राउ परेका गुरुङमाथि जबर्जस्ती करणी कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।