सु’नको मूल्य स्थिर, चाँदीको भा’उँमा सामान्य गि-रावट

No Images Found

काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रति तोला ९३ हजार २०० मा कारोबार भइरहेको सुन आज पनि उही मूल्यमै कारोबार भइरहेको छ ।

यसै गरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रति तोला ९२ हजार ७०० रहेको छ ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । चाँदी प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।