आज घ’ट्यो सु’नको मु-ल्य

No Images Found

काठमाडौं : बुधबार सुनको भाउ प्रोतितोला १०० रुपैयाँले घटेको छ । छापावाल सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन मंगलबार सुनको भाउ स्थिर रहेको थियो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ निर्धारण भएको थियो ।