निषेधाज्ञाको नयाँ मोडलसँगै काठमाडौं उपत्यकाका पसलहरूमा बढ्यो चहल-पहल

No Images Found

काठमाडौं : काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल लागू भएसगैँ दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ ।

परिवर्तित नियमअनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरूमा चहलपहल बढेको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिइएको थियो । असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो ।

९ बजेसम्म पसल खोल्न दिँदा उपभोक्तालाई सामग्रीहरु पुर्याउन हम्मे हम्मे भएको भएपनि अहिले भने अलि सहज भएको ब्यवसायी हरुबताउँ छन् । सरकारले परिस्थितिको मूल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उनी हरुको भनाइ छ ।

काठमाडौं उपत्यकामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।