उदयपुरमा पे’स्तोलसहित एक महिला र दुई पुरुष प-क्राउ

No Images Found

काठमाडौं : प्रहरीले उदयपुरमा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–३, मोतिगढाबाट एकथान पेस्तोल उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्यामकुमारी चौधरी र सप्तरीको सुरुंगा नगरपालिका–८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।