थप २६०७ जनामा संक्रमण, २१४१ जना भए संक्रमण मुक्तः ३९ जनाको मृत्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको कोभिड १९ परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ७११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७६८ जनामा र ४ हजार ९९३ जनाको एन्टिजेन परीक्षण गर्दा ८३९ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २ हजार १४१ जना मुक्त भएका छन्।

यस्तै, कोरोना संक्रमणका कारण थप ३९ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ८ हजार ५९७ जनाको मृत्यु भइसकको छ।