नि’षेधाज्ञा अवधीभर २० प्र’तिशत छुटमा चामल बि’क्री गरिँदै

No Images Found

काठमाडौं : खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय झापाले सहुलियत दरमा चामल बिक्री गरिरहेको छ । सरकारले बजेट भाषणमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै चामल बिक्री गरिएको कार्यालयले जनाएको हो ।

कार्यालय प्रमुख देवेन्द्र राईका अनुसार कार्यालयले जेठ २१ गतेदेखि चामल बिक्री गर्न थालेको हो। कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरिरहेको उनले जानकारी दिएका छन् । कार्यालयले १ हजार ४१० रुपैयाँ वास्तविक मूल्य रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२८ र १ हजार ६२५ रुपैयाँ वास्तविक मूल्य रहेको २५ केजी दरको स्टिम जिरा मसिनो चामल १ हजार तीन सयमा बिक्री गरिरहेको छ । हालसम्म कार्यालयले २ सय ६० क्विन्टल चामल बिक्री गरिसकेको जनाएकोछ ।

सहुलियत दरमा चामल उपलब्ध भएपछि दैनिक उपभोक्ताको भिड लाग्न थालेको छ । कार्यालयले सरकारले जारी गरेको परिचयपत्रको प्रतिलिपि प्रमाणको रुपमा लिने गरेको छ । सहुलियत मूल्यको चामल निषेधाज्ञा अवधीभरमात्र बिक्री गरिने प्रमुख राईले जनाएका छन् ।