बा’लिका क’रणी गरि फरार अभियुक्त प-क्राउ

No Images Found

काठमाडौं : प्रहरीले सुनसरीमा जबरजस्ती करणी गरि फरार एक जनालाई पक्राउ गरेको छ ।

१५ वर्षीयाबालिकालाई जबरजस्ती करणी गरि फरार रहेका इनरुवा नगरपालिका(९ बस्ने ३४ वर्षीय प्रमोद मेहतालाई मंगलवार गढी गाउँपालिकाबाट पक्राउ गरेको हो ।

ती बालिकालाई गत जेठ ३ गते जबरजस्ती करणी गरि फरार रहेका मेहताको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई गढी गाउँपालिकाबाट पक्राउ गरेको बताइएको छ ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।