बिहीबार अचानक ह्वात्तै घट्यो सु’नको मुल्य, तोलामा क’ति?

No Images Found

काठमाडौं : नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार एकैदिन सुनको मूल्य ११ सयले घटेर तोलाको ९२ हजार पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य ९१ हजार ५०० रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।