भक्तपुरमा मोटरसाइकल दु-र्घटनाः एको मृ’त्यु, दुई घाइते

No Images Found

काठमाडौं : अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी चारदोबाटोमा मोटरसाइकल हुँंदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार राति करिव एघार बजे काठमाडौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ७७ प ५६०५ नं को मोटरसाइकल अनियन्त्रित भई सडक बीचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल चालक सोलुखुम्बु चौलाखर्क ३ घर भई हाल काठमाडौं काडाघारी बस्ने वर्ष २७ का रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।

घाइरुते हुनेहरुमा मोटरसाईकल पछाडि सवार उदयपुर ताप्ले गाउँपालिका ५ घर भई हाल काडाघारी बस्ने वर्ष २२ का लोकेन्द्र मग्राती र सिन्धुली तिनपाटन गाउँपालिका वडा नं। ५ घर भई हाल काडाघारी बस्ने वर्ष २५ का अमित जैरु रहेका छन् । उनीहरुको त्रिबि शिक्षण अस्पाल महारागंजमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी टोलीले मोटरसाइकलमा सवार उनीहरुलाई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर भक्तपुर पठाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि त्रिबि शिक्षण अस्पाल महारागंज काठमाडौं रिफर गरिएको परिसरका सूचना अधिकृत दीपक गिरीले बताएक छन् ।