मेलम्ची र हेलम्बुका लागि काठमाडौंले दियो २ करोड, अन्य पालिका पनि जुट्दै

No Images Found

काठमाडौं : बाढीबाट प्रभावित बनेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुवासीका लागि काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाको बैठकले राहत, उद्धार र पुर्ननिर्माणका लागि यो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

काठमाडौंवासीको प्यास मेटाएर गुन लगाएको मेलम्चीवासीको मन फाटेर दुखेको बेला
सहयोग जुट्ने क्रम सुरु भएको छ । यसैबिच काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रवक्ता राजाराम पुर्णासैनीका अनुसार मेलम्ची नगरपालिका र हेलम्बु गाउँ पालिकाको विपत राहत कोषमा १०र१० लाख रुपैयाँका दरले जम्मा गर्ने निर्णय कागेश्वरी मनोहरा नगरपालिकाले बताएको छ ।

यसअघि काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि ३ लाख ३ हजार ३३ रुपैयाँ आर्थिक र खाद्यान्न सहयोग गरिसकेको छ । पालिकाले पीडित परिवारका लागि ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरेको नामोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताएका छन् ।