का’भ्रेस्थित बनेपामा आमाछोरा मृ’त फे’ला

No Images Found

काठमाडौं : काभ्रेस्थित बनेपा–११ सिनागालमा आमा र छोरा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार पाँचखाल–६ स्थायी घर भई सोही स्थानमा डेरा गरी बस्ने ३० वर्षीया मनीषा कार्की घिमिरे र उनका ६ वर्षीय छोरा युवान मृत फेला परेको हुन् । प्रहरीले नियन्त्रणमा लिएको छ ।

आमा र छोरालाई ‘मारेर’ भागेको सूचना आएपछि प्रहरीले मनीषाका श्रीमान् ३३ वर्षीय माधवलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कोइरालाले बताएका छन्। इलाका प्रहरी कार्यालयमा वान्ता गरेका उनले आफूले विष खाएको बताएका थिए । डेरा हेर्दा आमा र छोरा मृत अवस्थामा फेला परेका थिए ।

कोठाबाट प्यारासिटामोल औषधि बरामद भएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने र थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिएका छन् ।