गाई’घाट बजारका व्यापारीद्वारा वि’षादीयुक्त आँप बि-क्री

No Images Found

काठमाडौं : उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीबाट विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरू बिक्री भइरहेको छ ।

गाईघाटका वासिन्दाले बताए अनुसार गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेकोहो ।

बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन सक्ने उनीहरुको भनाइ रहेको छ । त्रियुगा नगरपालिका—११ गाईघाटका एक स्थानीयले आँप किनेर लगेर खाएपछि पखाला लागेको बताएका छन् ।

यस्ता विषादीयुक्त पदार्थहरु मिसाएर पकाएका आँपहरु अहिले प्रतिकिलो सय रुपैयाँभन्दा माथि महँगो मूल्यमा व्यापारीहरुले बिक्री गर्ने गरेको वडा नं १० बोक्सेका दुर्गा खड्का बताउँछन् । वडा नं ११ जनप्रेमी टोलका कुमार रोकाका अनुसार अहिले गाईघाट बजारमा बिक्री हुने गरेका आँपहरुमध्ये ५० प्रतिशत भारतबाट ल्याउने गरिएको छ ।