दुवै डोज को-भिड खो’प लगाएका वि-देशी नागरिकलाई कुवेत प्र’वेशमा खुला

No Images Found

काठमाडौं : कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई कुवेत सरकारले आगामी १ अगस्टदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति दिइ लगाउँदै आएको छ ।

बायोएनटेक, फाइजर, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका खोपलाई कुवेतले मान्यता दिएको छ । यद्यपि कुवेतले अनुमति दिएको खोप नेपालमा भने लगाइएको छैन् ।

कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरीदेखि विदेशी नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध दुवै डोज खोप लगाएकाहरूलाई आउँदो अगस्ट १ देखि खुला गर्ने निर्णय गरेको गल्फन्युजले जनाएको छ । दुवै डोज खोप लगाएका विदेशी नागरिकले कुवेत पुगेपछि सात दिन क्वरेन्टाइनमा अनिवार्य बस्न पर्नेछ ।

कुवेत जाने यात्रुका साथमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनुपर्ने छ । कुवेतले खोप लगाएकाहरूलाई सपिङ मल, जिम, रेस्टुरेन्टलगायतका ठाउँमा यही २७ जुनदेखि प्रवेश गर्न दिने भएको छ । तर भौतिक दूरी भने कायम गर्नु पर्नेछ ।