नि’रन्तर ओरालो लाग्दैँ सु’नको मू’ल्य

No Images Found

काठमाडौं : केही दिन यता नेपाली बजारमा लगातार सुनको मूल्यमा गिरावट आउन थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो ।

अघिल्लो दिन बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा सुनको मूल्य क्रमिक रुपमा तिब्र गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि घटिरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।