पेरुमा बस दु’र्घटना हुदा कम्तिमा २७ को मृ-त्यु, दर्जनौँ घा’इते

No Images Found

एजेन्सी : पेरुको अयाकुचो क्षेत्रमा यात्रुवाहक एक बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ भने अरु दर्जनौँ यात्रु घाइते छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त बस स्थानीय समय अनुसार बिहान ३ बजे अयाकुचोबाट अरेक्वीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। बसभित्र अधिकांश यात्रु खानीमा काम गर्ने श्रमिक र तिनका परिवार भएको जनाइएको छ ।

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा पर्ने घटनास्थलमा अहिले उद्वारकर्मी तथा सुरक्षाकर्मीहरुको टोली पुगेको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

स्थानीय मिडिया अनुसार यात्रुवाहक बस अनियन्त्रित भइ सडकबाट २ सय मिटर भन्दा तल खसेको थियो । यद्यपि सरकारी अधिकारीहरुले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएका छन् ।