बझाङमा प’हिरोमा पुरिएर एक जनाको मृ-त्यु

No Images Found

काठमाडौं : बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको तलकोट गाउँपालिका-६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो ।

धारामा पानी भर्ने क्रममा पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले जानकारी दिएका छन् । अहिले बझाङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

उनका अनुसार जयपृथ्वि नगरपालिका-७ स्थित सुबेडा पातली खोला तामेल भिर, छबिसपाथिभेरा १ को बालुवाटारमा सडक अवरुद्ध भएको छ ।