भी’रबाट ल’डेर बझाङमा एक जना बे-पत्ता

No Images Found

बझाङ भिरवाट लडेर बझाङमा एक जना बेपत्ता भएका छन्। बिहिबार दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका हुन्।

उनी असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा भीरबाट लडेका थिए। उनलाई अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले बताएको छ।

उनको खोजीमा अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ। निकै अफ्ठ्यारो भिर भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।