स्रष्टा समाजद्वारा योगमाया सम्मानको घो’षणा

No Images Found

काठमाडौं : नेपाल स्रष्टा समाजले २०७८ सालका लागि योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान तथा योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान प्रदान गर्ने घोषणा गरेको छ ।

समाजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार एवम् नेपाली महिलाको हक, हितका लागि संघर्षरत शान्ता मानवीलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान योगमायासम्बन्धी अनुसन्धानमूलक ग्रन्थका लेखकसमेत रहेका प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त दुवै सम्मानहरू आदरपत्र तथा २५ हजार १११ रुपैयाँ नगद राशिसहित प्रदान गरिने जनाइएको छ । सो सम्मान यही असार २२ गते योगमाया दिवसका दिन प्रदान गरिने बताइएको छ ।