स्वास्थ्य सा’माग्री पुर्‍याउन गएकी यु’वती मृ-त फेला, हत्य!को आशंका

No Images Found

काठमाडौं : कोरोनाविरुद्धको खोप लगायतका स्वास्थ्य सामग्री पुर्‍याउन गएकी एक स्वास्थ्यकर्मीको शव भेटिएको छ । जोगबुढा अस्पतालमा स्वास्थ्य सामग्री पुर्‍याउन जाने क्रममा बेपत्ता भएकी २६ वर्षीया अस्मीता धामीको शनिबार शव भेटिएको हो ।

उनी डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी अधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् । परिवारका सदस्यहरुले अस्मीताको खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय जोगबुढामा निवेदन दिएका थिए।

खोजीका क्रममा शनिबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । स्थानीयले भने अस्मीताको शव हत्या गरेर फालेको जस्तो अवस्थामा फेला परेको बताएका छन्। तर प्रहरीले भने पुष्टि गरको छैन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जोगबुढाबाट टोली परिचालन गरिएको बताइएको छ ।