१० व’र्षीय बालक मृ’त अवस्थामा फे’ला

No Images Found

काठमाडौं : भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक बालक मृत भेटिएका छन् ।

चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षीय छोरा रोजनको शव भेटिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । शुक्रवार बिहान ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाँउ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो ।

खोजतलास गर्दै जाँदा शनिवार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँट्टा भट्टाको कम्पाउण्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताएका छन् ।

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सुर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ ।