करेन्ट लागेर मेलम्चीमा एक यु’वकको मृ-त्यु

No Images Found

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको हो ।

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । मेलम्ची नगरपालिका–१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी सापकोटाले जानकारी दिएका छन् ।

मृतक मेलम्ची नगरपालिका–१ का स्थानीय हुन् ।