बाघको आ’क्रमणबाट एक महिलाको मृ’त्यु

No Images Found

काठमाडौं : बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरनगरपालिका(५ स्थित मगरटोलीको ३५ वर्षीय गिता अधिकारीको मृत्यु भएको हो ।

चितवनको जनकौली मध्यवर्ती सामुदायिक वनमा सोमबार मध्यान्न १२ बजेतिर घरपछाडि बाख्रालाई घाँस काट्न लाग्दा बाघको आक्रमणमा परी उनको मृत्यु भएको वडाध्यक्ष कृष्ण महतोले जानकारी दिएका छन्। उनका अनुसार बाघले तानेर लगेको हो ।

मृतक अधिकारीको शवको अवशेष मात्रै फेला परेको छ । वडाध्यक्ष महतोले खोजी कार्यका लागी चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरेपनि ढिलाई भएको बताएका छन् । आक्रमण गरेको स्थलमा रगत र मृतकको कपडा भेटिएको छ ।