सु’नको भाउ चार सय रुपैयाँले ब’ढ्यो

No Images Found

काठमाडौं : लगातार घटिरहेको सुनको मूल्य सोमबार नेपाली बजारमा बढेको छ । आइतबारको तुलनामा आज ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।