नेपाली क्रिकेट टिमले सुरु गर्याे बन्द प्र’शिक्षण

No Images Found

काठमाडौं : नेपाली क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्पेनमा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण सुरु गरेको छ ।

आज (मंगलबार)देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रशिक्षणमा १९ खेलाडी सहभागी रहेका छन् । उनीहरुलाई प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिनेछन् ।

बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघले २० खेलाडी बोलाए पनि पृथु बास्कोटा व्यक्तिगत कारण भन्दै सहभागी भएनन् । उनको स्थानमा अर्को खेलाडी राख्नेबारे क्यानले कुनै निर्णय गरेको छैन ।

त्रिकोणात्मक सिरिजमा नेपालसहित स्कटल्याण्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को तालिका अनुसार यो सिरिज स्कटल्याण्डमा हुनुपर्ने थियो तर कोरोनाको असरका कारण सिरिज युरोपेली देशमा खेलाउन लागिएको हो ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, विक्रम सोब, पवन सर्राफ सहभागी भएका छन् ।