बर्दियाका ५ वर्षीय बालकले भट्याए आफ्नो अभिभावक

No Images Found

काठमाडौं : बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित अलपत्र अवस्थामा फेला परेका ५ वर्षीय बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। शनिवार प्रहरीले फेला पारेको बालकलाई गुलरिया नगरपालिकाको सेवा केन्द्रमा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार सेवा केन्द्रमा आश्रित ५ वर्षीय बालकका बुवा गुलरिया नगरपालिका वडा नम्वर २ निवासी सुरतबहादुर गुरुङलाई बच्चा जिम्मा लगाइएको हो ।

बाँसगढीस्थित रोजगारी गर्दै आएका गुरुङकी श्रीमती अर्कैसँग बिहे गरेर गएकाले बालक हजुरआमासँग घरमै बस्दै आएका छन्। प्रहरी लगायत विभिन्न मिडियामार्फत अभिभावको खोजी भएपछि तत्काल अभिभावक पनि फेला परेको एसपी कार्कीले बताएका छन्।