भारतमा ९१ दिन पछि सबैभन्दा कम सं’क्रमित

No Images Found

एजेन्सी : पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ४६० जनामा कोरोना संक्रमण देखिएको छ। यो ९१ दिनपछि भारतमा सबैभन्दा कम संख्यामा संक्रमित पहिचान भएको हो।

यस्तै, ८१ हजार ८३९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५२१ मा झरेको छ।

संक्रमणका कारण थप १ हजार १६७ जनाको मृत्यु भएको छ। भारतमा कूल २ करोड ९९ लाख ७७ हजार ८६१ जनामा कोभिड १९ संक्रमण पुष्टि हुँदा ३ लाख ८९ हजार ३०२ जनाको मृत्यु भइसकेको छ।