रौतहटमा खानेपानी मन्त्री झालाई का’लो झण्डा देखाउने तीन प’क्राउ

No Images Found

रौतहट : प्रहरीले नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेका अनुसार माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा-५ का विजय यादव र दिपेन्द्र यादवलाई पक्राउ गरिएको हो ।

रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समूहले उनलाई कालो झण्डा देखाएर विरोध गरेको थियो ।

दुई धारमा बाडिएका मधेशवादी दलको उपेन्द्र यादव पक्षले सरकारमा गएका महन्थ ठाकुर पक्षको विरोध गर्दै आइरहेको छ ।