मोरङबाट चोरीमा संलग्न १ जना प-क्राउ

No Images Found

काठमाडौं : प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला विराटनगर महानगरपालिका-११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनीलाई पक्राउ गरिएको हो ।

सहनीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताएका छन् ।

पक्राउ परेका सहनीले विराटनगर महानगरपालिका-११ स्थित पिछडा टोल बस्ने विकास गुरुङको घर कोठामा टेवुलमा राखिएको टोसिबा कम्पनीको ल्यापटप, सोही स्थान बस्ने मुनि देवि साहको घरबाट चाँदीको जस्तो देखिने पाउजु ४ जोर, भिभो कम्पनीको एक थान मोवाइल चोरी गरेका थिए ।

प्रहरीले सहनीको घरबाट अन्यत्रबाट चोरी गरी लुकाई राखेको Dtc लेखेको रातो रंगको सादा एउटा मोबाइल, Nyx लेखिएको कालो पहेँलो रंगको सादा एक थान मोबाइल, सुनको जस्तो देखिन झुम्का १ जोर, विभिन्न दरका नेपाली नगद दुई हजार आठ सय पन्चानब्बे रुपैयाँ, चाँदीको जस्तो देखिने बाला १ जोर, चाँदीको सिक्का १ थान, चाँदीको लकेट एउटा र भारतीय सिक्का एक थान बरामद गरेको छ ।