किशोरी ब’लात्कार गरेको आरोपमा एक पुरुष प’क्राउ

No Images Found

काठमाडौं : २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा दैलेखस्थित गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको हो ।

असार ६ गते आइतबार रातको समयमा बुढाले ती युवतीलाई आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले मंगलबार प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।

ती युवती असार ६ गते गुराँस गाउँपालिका–३ सेरीवाडास्थित आफ्नो आफन्तले बनाएको नयाँ घरको घर पैँचोमा गएकी थिइन् । उनी सोहि दिन मामा घर जान लागेकी थिइन् । मामा घर जान लागेको मौका छोपी ती युवतीलाई भद्रबहादुरले मेरो घरमा सुत्न जाम भनेर हात समाती लतार्दै लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ । मुख थुनेर चिच्याउन कराउन नदिइ भद्रबहादुरले ती युवतीलाई आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा दुधबार भद्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेका भद्रबहादुरलाई जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दा दर्ता गरी दैलेख जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जनाएका छन् ।