थप २४२१ जनामा सं’क्रमण, ३५५८ संक्रमणमुक्तः ५२ जनाको मृ-त्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४६१ जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो। यो अबधीमा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै, ५२ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। नेपालमा अहिलेसम्म ५० हजार ५२० सक्रिय संक्रमित छन्।