महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध एक अर्ब बिगोको भ्रष्टाचार मुद्दा दायर

No Images Found

काठमाडौं : बुधबार आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन्। रिसालका अनुसार करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूलाई मुद्दा दायर गरिएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको रिसालले जानकारी दिएका छन्।