श्रीमानको कुट’पिटबाट सिन्धुलीमा एक महिलाको मृ-त्यु

No Images Found

काठमाडौं : सिन्धुलीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ स्थित शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ मृत्यु भएको हो ।

आफ्नै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते उनीमाथि कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।