सुनचाँदीको मुल्यमा गि’रावत

No Images Found

काठमाडों : अघिल्लो दिन मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । सुन आज प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।