१०५ वर्षका उमेरमा वृद्धले जिते को-रोना

No Images Found

एजेन्सी : १०५ वर्षका वृद्धले कोरोना जितेका छन् । भारतस्थित असामका १०५ बर्षिया समेद अलीले कोरोना जितेर घर फर्किएका हुन् ।

उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल (जिएमसीएच) बाट डिस्चार्ज भएका बताइएको छ । यसैबीच, त्यहाँका राज्य सरकारले जून २१ देखि ३० सम्म ३ लाख कोभिड खोप लगाउने लक्ष्य राखेको छ ।

आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरूलाई त्यहाँका जिल्लाहरूमा खोप दर वृद्धिलाई सुनिश्चित गर्न आग्रह गरेका छन् ।