आफ्नै पाँच वर्षीया भतिजीलाई ज’बरजस्ती क’रणी गरेको अभियोगमा काका प-क्राउ

No Images Found

पोखरा : तनहुँमा प्रहरीले भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।