फिलिपिन्समा हेलिकप्टर दु’र्घटना, ६ जनाको मृ-त्यु

No Images Found

एजेन्सी : फिलिपिन्सको उत्तरी मनिलामा हेलिकप्टर दुर्घटना हुदाँ एस–७० आई ब्लाक हक कल साइनको हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । सेनाका अनुसार वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुर्घटनाग्रस्त भएको हो ।

वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताएका छन् । सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धार शुरु गरेको थियो ।