अंश वि’वादमा आफ्नै छोराद्वारा बा’बुको ह’त्या

No Images Found

जनकपुरधाम : धनुषामा अंश विवादमा छोराले बिहीबार राति बाबुको हत्या गरेका छन् ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार धनुषाधाम नगरपालिका– १ स्थित काशिपुर बस्ने आफ्नै कान्छो छोरा श्रीकृष्ण यादवले ७० वर्षीय बाबु विशो यादवको हत्या गरेका हुन् ।

विवाद भएपछि आक्रोसमा आएर छोरा श्रीकृष्णले मसला कुट्ने खलले प्रहार गरी बाबुको हत्या गरेको प्रहरीले नजनाएको छ । अंशबण्डा र अन्य घरायसी विवादका कारण घरमा निरन्तर झै घगडा तथा कुटपिट भइरहेको स्थानीयको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विशोका कान्छो छोरालाई पक्राउ गरेको छ ।

सोधपुछको क्रममा अपराध स्वीकार गरेपछि उनलाई घरबाटै पक्राउ गरिएको डिएसपी मिश्रले बताएका छन् । ।

मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । मृतक यादवका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।