एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

No Images Found

काठमाडौं : एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।

बैंकले आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता, मेरोमाइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र महुली लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले आरएमडीसी लघुवित्तको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको सेयरमा ५७५ रुपैयाँ र महुली लघुवित्तको सेयरमा न्यूनतम ७६८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त शेयरमा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरहरुको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।