टिप्परको ठक्करबाट साइकलमा सवार एकको मृ-त्यु

No Images Found

काठमाडौं : काठमाडौंस्थित गोकर्णेश्वरमा टिप्परको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका(९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री संखुवासभा घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका खुर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछाप घर भइ गोकर्णेश्वर बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।