शुक्रबार सुनको मू’ल्य स्थिर, चाँदीको मूल्यमा वृ’द्धि

No Images Found

काठमाडौं : कारोबार साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै ९० हजार रुपैयाँ प्रतितोला कायम भएको छ ।