साइकलबाट लडेर बेलायतमा नेपाली युवाको मृत्यु

No Images Found

काठमाडौं : बेलायतमा एक नेपाली युवाको मृत्यु भएको छ । इङ्ल्याण्डको नोट्टिघम शहरमा बस्दै आएका बाग्लुङ गलकोट बद्री चालिसेको मृत्यु भएको हो ।

३४ वर्षीय चालिसे २००९ देखि नोट्टिघम शहरमा बस्दै आएका थिए। उनी भलिबल खेलेर फर्कने क्रममा साइकलबाट लडेर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको हो ।