९२ वर्षीया वृद्धाले जितिन् को-रो-ना (तस्विरमा हेर्नुहोस् रौनक)

No Images Found

काठमाडौं : लमजुङमा ९२ वर्षीय एक वृद्धाले कोरोना संक्रमण जितेकी छन् । लमजुङस्थित सुन्दर बजार नगरपालिका निवासी ९२ वर्षीय जानुकादेवी बाँस्तोलाले कोरोना संक्रमण जितेकी हुन् ।

गत जेठ २७ गते राधा स्वामी सत्सङ कोभिड अस्पताल भर्ना भएकी उनको दुई सातापछि कोरोना रिर्पोट नेगेटिभ आएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको राधा स्वामी सत्सङ कोभिड उपचार केन्द्रमा सिभिल करारमा कार्यरत डा. राम थापा क्षेत्रीले जानकारी दिएका छन् ।

बाँस्तोलाको रक्तचाप, श्वासप्रश्वासको तह सबै ठीक रहेको क्षेत्रीले बताएका छन् । १४ दिन आइसोलेशनमा राखेर उपचार गर्दा उनलाई कुनै जटिलता देखिएनको थिएन । उपचारपछि निको भएर बास्तोला लमजुङ फर्किएकी छिन् ।