उ’पत्यकामा थ’पिए ४२४ सं’क्रमित

No Images Found

काठमाडौं : उपत्यकामा पछिल्लो २४ घन्टामा थप ४२४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ४२४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १९२० जनामा संक्रमण पुष्टि भएको छ भने ३४ जना संक्रमितको मृत्यु भएको छ ।